जापान

शुभकामना कार्यक्रममा एक दर्जनलाई विशेष सम्मान (फोटोहरुसहित)

नेपाली समाज जापानले नेपालीहरूको महान चाड दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसर पारेर टोकियोमा शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको विशेष आथित्यमा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न विधाका करिव एक दर्जन व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको हो ।

आइतबार आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ राई, गैरआवासीय नेपाली संघ एनआरएनए जापान संरक्षक अनिता गुरूङ, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली, गल्कोट समाज जापान अध्यक्ष कालिका थापालाई सम्मान गरिएको छ ।

त्यसै गरी पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष अमित गौतमलाई विशेष सम्मान गरिएको थियो। यस्तै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, कोषाध्यक्ष तथा नेपाल जापान डटकमका सम्पादक आनन्द कोइराला, आदिवासी जनजाति पत्रकारसंघ जापानका अध्यक्ष फुर्वा शेर्पा, पत्रकार सजिना मोक्तान, शेर्पा कितु समाज जापानका अध्यक्ष निमा लामा लगायतलाई समुदायमा विविध योगदान पुर्याए स्वरूप विषेश सम्मान गरिएको थियो ।

कार्यक्रममा आयोजक समितिका अध्यक्ष पेम्वा शेर्पा लगायतले जापानको नेपाली समुदायमा विशेष योगदान पुर्याएको भन्दै सामुहिक सम्मान गरिएको थियो ।

दुई चरणमा गरिएको कार्यक्रममा सम्मान पश्चात शुभकामना आदनप्रदान गरिएको थियो । समारोहमा प्रमुख अतिथि राजदूत डा सुवेदीले प्रवासमा रहँदा हरेक नेपालीले ईमान्दारिता, लगनशिलता र संयम भएर समुदाय र देशका लागि काम गर्नुपर्ने आवश्यकता औल्याउनु भयो।

संस्थाका उपाध्यक्ष शिशिर लिम्वुको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रवासी नेपाली संघ ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेल, मगरसंघ जापानका अध्यक्ष ओम काउछा मगर, जापान भ्रमणमा रहनु भएका नेपाली काग्रेस वीपीका केन्द्रीय सदस्य रामचन्द्र गौतमले मन्तव्य राख्नुभएको थियो ।

त्यसै गरी कार्यक्रममा एनआरएनए जापानका महासचिव सिद्वार्थ श्रेष्ठ, गल्कोट समाज जापानका अध्यक्ष कालिका थापा, शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा, पत्रकार आनन्द कोइराला, पूर्वी नेपाल विकास सहकार्यकेन्द्रका अध्यक्ष अमित गौतम लगायतले जापानवासी नेपालीहरूको अवस्था र समाधानका उपाय सहित शुभकामना मन्तव्य राख्नु भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.