जल/वातावरणराजनीति

कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण : मन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण हुने बताउनुभएको छ ।

मन्त्री ठकुरी

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाद्वारा बुधबार यहाँ आयोजित तालिमको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तन सम्मेलनमा नेपालको सहभागिता उपलब्धिमूलक बनाउन प्रयास गर्ने उल्लेख गर्नुभयो ।

उक्त सम्मेलन नेपालजस्ता जलवायु परिवर्तनले गम्भीर असर पारिरहेको देशहरुका लागि अझ महत्वपूर्ण हुने उहाँको भनाइ छ । मन्त्री ठकुरीले यसपटकको कोप सम्मेलनमा छलफल हुने जलवायु वित्तको विषय नेपालका लागि विशेष रहने उल्लेख गर्नुभयो । वित्तीय सहयोगबिना विकासशील देशहरुलाई जलवायु सङ्कटसँग लडन सहज छैन ।

उक्त कार्यशालाका सहभागीले जलवायु परिवर्तनका कारण अन्न उब्जनीमा ह्रास, पानीका मुहान सुक्दै गएको, हिँउ कम पर्न थालेकोजस्ता विषय उठान गरेका थिए ।

कार्यक्रममा वनराज्यमन्त्री रुपा विकले जलवायु परिर्वतनको असर मुलुकले बढी सामना गरिरहेको बताउनुभयो । साथै उहाँले विकसित देशले वित्तिय र प्रविधि सहयोग गरेरमात्र विकासशील देशहरुको जलवायुमैत्री योजना कार्यान्वयन गर्नमा मद्दत पुग्ने बताउनुभयो ।

मन्त्रालयका सचिव विभिन्न सङ्घसस्थाका प्रतिनिधिलगायत सहभागी उक्त कार्यशाला तीन दिनसम्म सञ्चालन हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.