खेलफूटबल

जापानले गर्यो नेपालको पोस्टमा नौ गोल

एएफसी यु-१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपालले जापानसँग फराकिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा नेपाल जापानसँग ९-२ ले पराजित भएको हो ।

यु-१७ एसियन कप

कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको एकतर्फी खेलमा खेलको १२ औं मिनेटमा नेपालका सविनकुमार मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, जापानले खेलको १७ औं मिनेटमा दाइची तानीको गोलमार्फत खेल बराबरीमा ल्यायो । तानीलेह्याट्रिक पूरा गरे।

त्यस्तै जापानका लागि हिरोता असादाले १९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यस्तै खेलको ३८ औं र ४३ औं मिनेटमा तानीली थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा जापान ४-१ ले अघि रह्यो । यस्तै पहिलो हाफको इन्जुरी समयमा असादाले दोस्रो गोल र्दै जापानलाई ५-१ को अग्रता दिलाए ।

त्यस्तै तानीले ६१ औं मिनेटमा चौथो गोल गर्दा जापान 6-० ले अघि रह्यो भने असादाले आफ्नो ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ६४ औं मिनेटमा गोल गर्दा जापान ७-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ७३ औं मिनेटमा मिबुकी कासाइले र कैजी चोनानले ७७ औं मिनेटमा गोल गर्दै जापानलाई ९-१ को स्थितिमा पुर्‍याए । नेपालका तर्फबाट बिज्ञान खड्काले खेलको ८८ औं मिनेटमा अर्को गोल गरे पनि त्यो ढिलो भैसकेको थियो ।

जितसँगै जापानले समूह ‘एफ’मा तीन अंक प्राप्त गरेको छ । नेपालले शुक्रबार दोस्रो खेल शुक्रबार कतारसँग खेल्नेछ भने जापानले मंगोलियासँग खेल्नेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.