यस्तो रह्यो अमेरिकामा नेपालीको लक्ष्मीपूजा
विजय थापा । अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिका नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री, दियो, कलस, फलफुल, मिठाई लगायत सामग्रीहरु नेपाली समुदायले जुटाएका छन् ।
अमेरिकामा भर्खर जाडो सुरु भएको र लक्ष्मी पूजा र कुकुर तिहार सोमबार परेकोले मंगलबार काममा पनि जानु पर्ने हुनाले विभिन्न राज्यहरुमा छिटै रात परेकोले धेरै जसो राज्यहरुमा लक्ष्मी पूजा सम्पन्न भैसकेको छ ।
नेपालीहरुले आफ्ना घर आगन अगाडी र कोठा भित्र पनि बिभिन्न पक्रार र ढाचाका रंगोली बनाई घर सजाएका छन् । नेपालकै झझल्को आउने झिलीमिली बत्ती बाली घर उज्यालो परेका छन् ।
अमेरिकामा कोरोना भाइरस बिरुद्धको खोप सबैले लगाएकोले स्वास्थ्य क्षेत्र लगायत केही स्थानहरु बाहेक कही पनि लगाउनु नपर्ने र लगाउन छोडेकाले यस बर्ष देखि निर्धक्क साथ नेपाली समुदायले लक्ष्मी पूजा मनाई रहेका छन् ।
आफन्त र आफ्ना परिवार बीच आवत जावत गर्न सुरु भएकोले नेपालीहरुको दोश्रो महान चाड यस बर्ष तिहार उल्लासमय हुन् सकेको छ । लक्ष्मी पूजाको दिन साँझ भए पछि ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, कोठा,भ¥याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिएको छ । अमेरिकामा पनि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाएका छन ।
अमेरिकामा आगलागीको डर हुनाले दियोमा बत्तिमा बाल्ने भन्दा मैनबत्ती बाल्ने प्रचलन भएकोले मैन बत्तिको प्रयोग ज्यादा गरेका छन् । अमेरिकामा बत्ति बल्दा घरमा जडान गरेको आगो लागेको सूचक यन्त्रले आवाज दिने हुनाले घर भित्र कम र बाहिर नै ज्यादा बालिने गरिन्छ । सोही अनुसार नेपालीहरुले मनाई रहेका छन् ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ ।
लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । यस बर्ष देउसी भैलो विभिन्न संघरसंस्थाले शनिबार र आइतबार गरि मनाई सकेका छन् । र ,यो क्रम भाइ टीकासम्म चल्ने छ । यस पटक साथीभाई ,आफन्त ,चिने जानेका घरमा समेत देउसी खेलिएको छ भने अझै जारी रहेको छ ।
सुख(सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित लक्ष्मी पूजाको दिन माता लक्ष्मी तथा लक्ष्मीको स्वरूप धन पैसा, गरगहनाको विशेष रूपमा पूजाआजा र अर्चना गरी लक्ष्मीकै प्रसाद स्वरूप आफ्ना कन्तुर, सन्दुक, सुरक्षित राखनधरण आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेको छ।
प्रतिक्रिया राख्नुहोस्