विश्व समाचार

आइसल्याण्डकी प्रधानमन्त्री समानताको माग गर्दै हड्तालमा

कुनै पनि देशको कार्यकारी प्रमुख स्वयं नै हड्तालमा उत्रँदैनन् तर आइसल्याण्डकी प्रधानमन्त्री क्याट्रिन याकोभ्सडोटिर हजारौं महिलाहरुसंग मिलेर हड्तालमा उत्रनुभयो ।

यही अक्टोबर २४ मा प्रधानमन्त्री क्याट्रिन महिलाहरूले देशमा विद्यमान तलब असमानता र लैङ्गिक हिंसाको विरोध गर्दै हड्तालमा उत्रनुभएको हो ।

‘विमेन्स डे अफ’ मा प्रधानमन्त्रीसहित आइसल्याण्डमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने अधिकांश महिला हड्तालमा संलग्न यी महिलाले कुनै पनि काम गर्न अस्वीकार गरेका थिए ।

हड्तालमा महिलाहरूले घरायसी कामलाई पनि संलग्न गरेका थिए । मंगलबार आइसल्याण्डमा प्री स्कुल र प्राथमिक स्कुलहरू बन्द रहे र खुला भएकाहरूमा कर्मचारी अभाव भएको थियो ।

हड्तालमा सहभागी प्रधानमन्त्रीले आज म काम गर्दिन र मन्त्रिपरिषदमा उपस्थित सबै महिलाले पनि त्यसै गर्नेछन् भन्ने आशा लिएको बताउँदै हड्तालमा उत्रनुभएको थियो ।

संयुक्त राष्ट्र संघले महिला विरुद्ध हुने हिंसा सम्बन्धी एकीकृत गरेको विश्वव्यापी तथ्याङ्कका अनुसार आइसल्याण्डका २२ प्रतिशत महिलाले आफ्नो सहकर्मीबाट शारीरिक वा यौन हिंसा भोग्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.