जन सरोकार

नदीमा डुबेर तीन जना बालिकाको मृत्यु

दाङ, लमही नगरपालिका-२ रनियापुरस्थित राप्ती नदीमा डुबेर तीन जना बालिकाको बिहीबार दिउँसो मृत्यु भएको छ ।

बालिका मृत फेला

डुबेर सोही ठाउँ बस्ने सन्तराम चौधरीकी छोरी १२ वर्षीया झरना चौधरी, सिताराम चौधरीकी छोरी १२ वर्षीया निशा चौधरी र सोही नगरपालिका-५ लमही गल्ली बस्ने गढवा गाउँपालिका-४ घर भएका श्रीकान्त चौधरीकी छोरी १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको हो ।

डुबेर अशक्त भएका उनीहरूको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.