जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । कञ्चनपुर, लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने ४५ वर्षीय रमेश बडायक आफ्नै घरको आँगनमा र उनकै श्रीमती ४० वर्षीया कमला बडायक आफ्नै घरको बरण्डामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै रूपन्देही, सम्मरीमाई गाउँपालिका-४ शिद्दनाथ चोक नजिक धान बारीमा सम्मरीमाई गाउँपालिका-६ निबिहवा बस्ने २४ वर्षीय सम्राट चन्द्र बरूण शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मकवानपुर, कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने ३६ वर्षीय सुन बहादुर थिङ सोही ठाउँस्थित धारागाउँ जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यता कास्की, माछापुच्छ्रे गाउँपालिका-७ धम्पुस घर भई पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने ४५ वर्षीय कुलप्रसाद बिक सोही महानगरपालिका-१९ स्थित बान्द्रेको भिरतल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.