जन सरोकार

तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते

रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उहाँका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.