राजनीति

सबै पर्वका अवसरमा सभापति देउवाको शुभकामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पर्वका अवसरमा सुख, शान्ति एवं समृद्धिका लागि सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शनिबारकांग्रेस काठमाडौँ महानगरले बडादशभ्ं, शुभदीपावली, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले शुभकामना दिनुभएको हो ।

कार्यक्रममा कांग्रेस नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको १०० दिनका क्रममा लक्ष्य तोकेअनुसार सबै काम सबै मन्त्रालयले पूरा गरेको बताउनुभयो ।

विपक्षीले उठाएका कुरा कति सत्य छ भन्ने समयक्रमले देखाउने उल्लेख गर्नुहुँदै उहाँले विधिको शासनको वकालत गर्छु भन्ने दलले नै विधि एवं प्रक्रियाको उपहास गरिरहेको बताउनुभयो ।

शुक्रबार बसेको सत्तारुढ सात दलको बैठकको निर्णयअनुसार नै सरकार विधिको शासनको मार्गमा अघि बढ्ने उपप्रधानमन्त्री सिंहको भनाइ छ ।

संविधान संशोधन आवश्यकताका आधारमा सबै दलको विचार बुझेर प्रक्रियासम्मत रुपमा हुने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता, कार्यकर्ताका साथै पार्टीका शुभेच्छुक एवं बुद्धिजीवीको समेत उपस्थिति रहेको महानगर समिति सभापति नीलकाजी शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.