जन सरोकार

बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटो फिचर)

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पाँचौं र महत्वपूर्ण दिन दिदी बहिनीको हातबाट दाजुभाइले टीका लगाएर समापन गरिन्छ । दिदी बहिनी नहुनेहरुले भने काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने चलन रहेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले रानीपोखरीको बीचमा रहेका बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएपछि केही वर्ष टीका लगाउन रोकियो । मन्दिर पुनःनिर्माण भएपछि २ वर्ष कोरोना महामारीका कारण टीका अबरुद्ध भयो ।

यस वर्ष भने कोरोना महामारी साम्य हुँदै गएकाले दिदी बहिनी र दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा दर्शन गरी हर्षोल्लासका साथ टीका लगाएका छन् । विहान ५ बजेदेखि नै मन्दिर खोलिएको थियो र विहानैदेखि टीका लगाउनेको भीड थियो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर मन्दिर दर्शन गर्नुका साथै टीका लगाउँन र बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने प्रवक्ता मानन्धरले बताउनुभयो ।

यसैबीच, काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा पनि आज भाइटीका लगाइएको छ । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाइ सामूहिक भाइटीका लगाइदिनुभएको हो ।

उहाँले हरेक वर्षजस्तै यस वर्ष पनि टीका लगाउन इच्छुक दाजुभाइलाई विधिपूर्वक भाइटीका लगाइ दिनुभयो । अञ्जली दिदीले कुनैपनि दाजुभाईको निधार खाली नहोस् भन्ने उद्देश्यले आफूले सामूहिक टीका लगाउने गरेको जानकारी दिनुभयो । अञ्जली दिदीले विस २०५५ देखि सामूहिक भाइटीका लगाउदै आउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.