राजनीति

सुनक आप्रवासी अंगीकृत हैनन् बेलायती नै हुन्

नेपालमा अंगीकृत नागरिकताका सवालमा ठूलो विवाद उत्पन्न भैरहेका बेला बेलायतमा भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री भएपछि यसका पक्षधरहरुमा बल थपिएको छ ।

आप्रवासी ऋषि बेलायतको प्रधानमन्त्री बन्न सक्छन् भने नेपालमा आप्रवासी किन नपाउने भन्ने उनीहरुको तर्क रहने गरेको छ । तर ऋीष सुनक भारतीय मूलका भए पनि बेलायती हुन, भारतीय हैनन् ।

यसै विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै अंगीकृतहरु राज्यको उच्च तहमा पुग्न पाउनुपर्छ भन्ने पक्षमा लागेकाहरुलाई गतिलो जवाफ दिनुभएको छ ।

उहाँले अहिले ऋषि सुनक ब्रिटेनको प्रधानमन्त्रीमा चयन भएपछि नेपालका इन्डियाली आप्रवासी भुइँमा न भाँडामा भएर नेपालले ती आप्रवासीमाथि विभेद गरेर प्रधानमन्त्री हुन नदिएको भनेर रोइकराइ गर्दै छन् । तर तिनले बुझ पचाएको कुरा के हो भने सुनकको जन्म ब्रिटेनमै भएको हो भने ओवामा अमेरिकामै जन्मेका हुन् ।

नेपालले आप्रवासी र मूलमा के अन्तर छ त्यो स्पष्टसँग बुझौँ भन्दै लेख्नुभएको छ, “नेपाल लेख्नुहुन्छ, बाराक ओबामाले अमेरिकाविरुद्ध हुने गरी के गरे र ? ऋषि सुनकले पनि ब्रिटेनविरुद्ध कुनै दुष्कर्म नगर्लान् । तर इन्डियाली आप्रवासी राजेन्द्र महतोले मन्त्री भएर पहाडी समुदायविरुद्ध के(के बोलेका थिए ? महन्त ठाकुरले एक मधेस हुँदैनभने एक नेपाल पनि रहँदैन भनेको होइन ?”

उहाँ थप स्पष्ट गर्दै लेख्नुहुन्छ- “नेपाली काँग्रेसबाट सूचना तथा सञ्चार मन्त्री रहिसकेका जयप्रकाश गुप्ताले तराईमाथि काठमाडौंको नियन्त्रण नरहन सक्छ भनेको विस्मृत भइसकेको छैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.