साहित्य

६२औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

जातीय स्वतन्त्रता यात क्वतेला राष्ट्रया उथान जुये फइमखु अर्थात् जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन भन्ने नाराका साथ बिहीबार ६२औँ विराट नेपाल भाषा साहित्य सम्मेलन दत्तात्रयमा सम्पन्न भएको छ ।

विराट नेपाल भाषा साहित्य

सम्मेलन वरिष्ठ कवि योगेन्द्र प्रधानले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानले सबैको जातीय परिचय आवश्यक रहेको चर्चा गर्दै जातीय वर्चस्व र स्वार्थका लागि अरूको जात, धर्म र भाषा एवं विभिन्न जातजातिको स्वाभिमानलाई सम्मान गर्नुपर्ने जोड दिनुभयो । उहाँले नेवाः जाति, साहित्य राजनीति आर्थिक सांस्कृतिक रुपमा विराट गुथिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमका पूर्ण लुमन्ति पुरस्कारबाट नेवा न्हयलुवा मल्ल के सुन्दरलाई सम्मान गरियो । उहाँलाई नगद रु एक लाख र सम्मानपत्रवाट सम्मान गरिएको हो । त्यस्तै, विराट सुरत्न पुरस्कार तथा प्रमाणपत्रबाट राकेशमान मास्के (२०७८), अनिल स्थापित (२०७९) र नेपाल भाषा विषयमा एसईई २०७९ मा उच्च जिपिए ल्याउन सफल विद्यार्थी निकेश बसि श्रेष्ठलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रधानले विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिद्वारा प्रकाशित ह्याउँवाला विमोचन गर्नुभयो ।

कार्यक्रममा साहित्य वाचनतर्फ कवितामा रामेश्वर श्रेष्ठ, अर्जुन महर्जन, सविना महर्जन, ज्ञानेन्द्ररत्न बज्राचार्य, दिलकुमारी डङ्गोल, उर्मिला डङ्गोल, जितेन्द्र श्रेष्ठ रसिक, वसन्त नकर्मी, मिनर्वा शर्मा, जीवनपति श्रेष्ठ, मिमला शर्मा, सुरेश सैजु, सकुन्तला महर्जनले आ–आफ्नो रचना वाचन गर्नुभएको थियो ।

त्यस्तै, कथातर्फ लक्ष्मीचन्द्र बज्राचार्य, रीता महर्जन ऋतु, रमेश मानन्धर, रेणु श्रेष्ठ, बाबुकाजी सुवाल, सुरेन्द्रलाल भुजु, हरिगोविन्द भोमि, दिव्या बज्राचार्य, राजेश्वरी राजोपाध्याय, बद्री बेदनाले नेपाल भाषाको कथा वाचन गर्नुभएको थियो । लेखतर्फ ओमनरहरि श्रेष्ठ, केनकुमार, कृष्ण प्रजापति, महर्जन रत्न र सुरेश प्रधानले वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.