कामाडौंमा जारी नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङबीचको त्रिदेशीय टी २० सिरिजको फाइनलमा नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा जारी फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले ओपनर कुशल भुर्तेलेको अद्र्धशतकको मद्दतमा आठ विकेटको क्षतिमा १६२ रन बनाएको हो ।
नेपालका लागि भुर्तेलले २९ बलमा ५० रन बनाए भने करण केसीले २३, दीपेन्द्र सिंह ऐरीले २० रन, रोहित पौडेल २० तथा सोमपाल कामी १३ तथा सन्दीप जोेराले १० रन र गुल्शन झाले ५रन बनाए ।
नेपाल ठूलो स्कोर बनाउन नदिन यूएईका युवा स्पिनर अयान अफजल खानले घातक बलिङ गर्दै ३ विकेट लिए । यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानको नाममा २-२ विकेट रह्यो ।
प्रतिक्रिया राख्नुहोस्