क्रिकेटखेल

भुटानलाई हराउँदै बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

साफ महिला च्याम्पियनसिप

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक÷एक गोल गरेका हुन् । भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् ।

प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल आज साँझ ६:३० बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.