राजनीति

संविधान संशोधनभन्दा पहिले आवश्यक समीक्षा गर्न जरुरी छ : नेता सिटौला

कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान संशोधन गर्नुभन्दा पहिले गम्भीर रुपमा आवश्यक समीक्षा हुनुपर्ने बताउनुभएको छ ।

नेता सिटौला

कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आइतबार पोखरामा आयोजना गरेको वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकारसम्बन्धी अन्तरक्रियामा उहाँले संविधानको कार्यान्वयन गदौ देखिएका समस्या, जनहितका पक्ष र आवश्यकताबारे समीक्षा जरुरी रहेका बताउनुभएको हो ।

“संविधान कार्यान्वयन गर्दा जनहितमा के के काम गर्न सकियो, जनतासामु गरेका बाचा पूरा गर्ने सवालमा के के समस्या देखिए, त्यसका कारण र समाधान, संविधानमा देखिएका कमजोरीको संयमित भएर समीक्षा गर्दै अगाडि बढ्नुपर्छ”, नेता सिटौलाले भन्नुभयो ।

उहाँले वर्तमान सरकारसामु राजनीतिक स्थिरता कायम गर्दै जनहितका पक्षमा काम गर्नुपर्ने जिम्मेवारी रहेको धारणा राख्नुभयो । “अहिले नयाँ र साना पार्टीहरुले पुराना अनि ठूला पार्टीले केही गरेन भन्ने गरेका छन्”, उहाँले भन्नुभयो, “२०४६ सालपछि धेरै विकासका काम भएका छन् । त्यसैले केही गरेकै छैन भन्ने कुरामा म चाहिँ सहमत छैन तर परिवर्तित जनचाहनाअनुसार काम गर्न जरुरी छ ।”

पूर्वउपप्रधान तथा गृहमन्त्री सिटौलाले संविधानको मौलिक हकमा व्यवस्था गरिएका उपभोक्ता अधिकारलाई राज्यले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । जनता हरेक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिको व्यवस्था मिलाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.