जापान

पराजय भोगे पनि सरकारबाट नबाहिरिने प्रधानमन्त्री इशिबाको प्रतिबद्धता

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याएपनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्री शिगेरु इशिबा

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गर्नुभएको थियो । सन् १९५५ देखि जापानमा शासन गरिरहेको उहाँको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का चुनावमा निकै कमजोर नतिजा देखिएको छ ।

एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाउनुभएको हो ।

“म जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु,” इशिबाले पत्रकारसँग भन्नुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेताको नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा सम्लग्नता देखिनु र यसबाट जनतामा एलडिपीप्रति ‘शङ्का, अविश्वास र क्रोध’ सिर्जना हुनु नै रहेको बताइएको छ ।

“म पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्नेछु,” इशिबाले पत्रकारहरूसँग भन्नुभयोे, “मतदाताहरूले पार्टीमाथि ‘कठोर निर्णय’ दिएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.