कर्पोरेट/पर्यटन

दिल्ली उड्न लागेको विमानमा बम राखिएको सूचना आएपछि

केही समययता भारतीय वायुसेवाहरुमाा बम राखिएको धम्कीपूर्ण फोन र सूचनाहरु प्रवाह हुन थालेका छन् । सोमबार दिउँसो काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको सूचना आयो ।

सोमबार दिउँसो २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ ।

दिउँसो ३ः१५ बजे उडानको तयारी भइरहेका बेला विमानमा बम रहेको भन्दै सूचना आएपछि जाँच थालिएको र अहिले सेना र प्रहरीका तालिम प्राप्त कुकुरमार्फत डग स्निफिङ पनि गराइराखिएको समाचार छ ।

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएको थिएन ।

पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ । यसले भारतको विमान सेवामै तनाव सिर्जना गराएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अघिल्लो साताको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए ।

यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन । यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.