फालिक ढुंगाका कारण परमाणु ऊर्जा केन्द्र प्रभावित हुनसक्ने
यही महिना (अगस्ट)मा प्रशान्त महासागरस्थित ओसवा टापु श्रृंखलानजिक समुद्रभित्र भएको ज्वालामुखी बिस्फोटबाट उत्पन्न भएको फालिक ढुंगाहरुका कारण जापानको परमाणु ऊर्जा प्रणालीलाई असर पर्नसक्ने बताइएको छ ।
![Phallic Stone](https://www.nepaljapan.com/wp-content/uploads/2021/10/Phallic-Stone.jpg)
ती ढुंगाहरु यतिबेला जापानको दक्षिण पश्चिमी जलक्षेत्रमा ठूलो परिणामा बगिरहेको छ । यसैका कारण परमाणु ऊर्जा केन्द्रहरुमा प्रभावित हुनसक्ने सम्बन्धित निकायले चेतावनी दिएको हो ।
जापान परमाणु नियामक प्राधिकरणका सदस्य इशिवातारी आकिराले बुधबारको नियमित बैठकमा फालिक ढुंगासंगै बहेर आइरहको अन्य बस्तुहरुले परमाणु रियाक्टरलाई चिस्याउन आवश्यक पर्ने पानी ग्रहण प्रणालीलाई प्रभावित गर्न सक्नेछ ।
इशिवातारीले ढुंगाहरु जापानको मुख्य टापु होंशुसम्म आउने सम्भावना रहेकाले सबैलाई तयारी अवस्थामा रहन आव्हान समेत गर्नुभएको छ । फालिक ढुंगा ओकिनावा र कागोशिमा प्रान्तको आमानी क्षेत्रको किनारतर्फ बढिरहेको छ ।
प्राधिकरणले नजिकै आइरहेको नयाँ परिस्थिति अनुसार ढंगाहरुले पार्ने प्रभावको मूल्यांकन र परमाणु ऊर्जा केन्द्रहरुको संचालक कम्पनीहरु सचेत भएर समस्या समाधानका लागि आवश्यक योजना बनाउन सुझाव दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्