गोकर्णेश्वरले मोटरसाइकल मोडिफाई गर्नेलाई कारबाही गर्ने
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ध्वनि प्रदूषणका कारण उत्पन्न स्वास्थ्य समस्या न्यून गर्न मोटरसाइकलहरुको मोडिफाई नगर्न वर्कशपहरुलाई निर्देशन जारी गरेको छ ।
नगरप्रमुख दीपक रिसालको सचिवालयले एक सूचना जारी गर्दै मोटरसाइकल चालकले चर्को आवाज आउने गरी साइलेन्सर मोडिफाई गरी चालाएका कारण ध्वनि प्रदूषण बढेको भन्दै सो निर्देशन दिएको हो ।
मोडिफाई गरिएका बाइकका कारण रातको समयमा सुत्न समेत समस्या भएको कारण बाइक चालक र नगरभित्रका वर्कशपहरुले सो कार्य नगर्न र गरेको भए सुधार गर्न आग्रह गर्दै त्यस्तो गरेको पाइएमा सम्बन्धित निकायले आवश्यक कारबाही गर्ने जनाइएको छ ।
त्यसै गरी नगरपालिकाले मोटरसाइकल सडक वा सडक पेटीमा राखेर मर्मत गर्ने तथा धुने कार्यले यातायात तथा पैदलयात्रु असुक्षित भएकाले सो कार्य नगर्न समेत निर्देशन दिएको छ ।
नगरपालिकाले उपरोक्त निर्देशनसहितको जानकारी पत्र नगर प्रहरीमार्फत सबैमोटरसाइकल वर्कशपहरुलाई बुझाएको छ ।
प्रतिक्रिया राख्नुहोस्