प्रबास

अमेरिकामा जन्मिएका नेपाली बालबालिकाहरु देउसी-भैलोमा आकर्षित

अमेरिकाको भर्जिनिया राज्यको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस)कोा आयोजनामा देउसी भैलो कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न भएको छ ।

अक्टोबर २७ आइतबारका दिन मनासस शहरमा आयोजित देउसी भैलो कार्यक्रममा उक्त संस्थाद्वारा संचालित अमेरिका नेपाल शिक्षा सदनमा अध्ययनरत विद्यार्थीका साथै संस्थाकै सदस्य तथा पदाधिकारीहरुका प्रस्तुतिहरु रहेका थिए ।

समय अभावका कारण देउसी भैलो कार्यक्रम नेपालको काग तिहार भन्दा अगाडी मनाइएको छ । छुट्टीको दिन समेत रहेकोले अभिभावकहरु सहित बालबालिकाको साथमा देउसी खेल्न र उनीहरुलाई प्रोत्साहन गर्न त्यहाँ उपस्थिती जनाएका थिए ।

देउसी भैलोका साथै विभिन्न साँस्कृतिक कार्यक्रमको लागि अमेरिकामा जन्मेका बालबालिकाहरुलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम गरिएको हो । कार्यक्रममा सेलरोटी, नेपाली अचार समेत बनाई अतिथिहरुलाई खुवाएको थियो ।

कार्यक्रमको प्रारम्भमा लक्ष्मी पूजा गरिएको थियो भने पूजामा कामना पन्थी तथा एएनएचएसका पूर्व अध्यक्ष कमला खरेलले पूजा अर्चना गरेका थिए ।

लक्ष्मी पूजापछि तिहारका गीतहरुमा त्यही पढ्ने विद्यार्थीहरुले बिभिन्न गीतमा नृत्यहरु प्रस्तुति गरेका थिए । यसै गरी एएनएचएस महिला समूहले भैलो खेलेका थिए भने एएनएचएस पुरुष समुहले परम्परागत देउसी खेलेका थिए ।

कार्यक्रम अगाडी अध्यक्ष जानु ओझाले सबैलाई स्वागत गरेकी थिइन् भने उनले नै कार्यक्रमको सभापतित्व समेत गरेकी थिइन् । यसै गरी एएनएचएस ट्रस्टीका सभापति केदार प्रसाद तिम्सिना पुरुष देउसी टोलीका घरपेटी बा बनेका थिए । उनकै घरमा देउसी देउसी टोलीले देउसी खेलेका थिए ।

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहर सन् २००८ मा स्थापित एएनएसएच संस्था अमेरिकाभरिकै क्रियाशील गैर मुनाफा सामाजिक संस्था मध्येकै अत्यन्तै क्रियाशील संस्था मानिन्छ ।

एएनएचएसको अर्को परियोजना अमेरिका नेपाल शिक्षा सदन हो । उक्त विद्यालयमा नेपाली पढाइनुको साथै अतिरिक्त क्रियाकलाप समेत गरिन्छ ।

उक्त पाठशालामा अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली सिक्न चाहना राख्नेलाई नेपाली पढाइन्छ भने अन्य क्रियाकलाप पनि गराई राखेको छ । कार्यक्रम नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट सुरु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.