अर्थ
आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार पाँचसय
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपालमा दैनिक सुनको मूल्य उकालो चढिरहेको छ ।

तिहार सुरु हुनै लाग्दा साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा छापालाव सुन प्रतितोला रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबारको तुलनामा प्रतितोला आज रु एक हजार पाँच सयले बढेको हो । यसै गरी चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर दुई हजार एक सय पाँच कायम भएको महासङ्घले जनाएको छ ।
सोमबार एक तोला चाँदी रु दुई हजार ६५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्