कर्पोरेट/पर्यटन

भैरहवाबाट उडान नगरेपछि नेपाल एयरलायन्स र हिमालयको काठमाडौंबाट उडान कटौती

सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले गौतमबुद् अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ ।

सञ्चालन खर्च समेत नउठेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनको तालिकामा भैरहवाबाट उड्न बाध्यकारी गराउन सो निर्णय गरेको हो ।

प्राधिकरणले त्रिभुवन विमानस्थलबाट दैनिक प्रति तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने नियम बनाइएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आइतबारदेखि हिमालय र नेपाल वायुसेवा निगमले त्रिुभवन विमानस्थलबाट गर्ने दुई दुई वटा उडान भैरहवामा सार्नुपर्ने थियो । तर, दुबै कम्पनीले भैरहवाबाट उडान गर्ने गरी नयाँ तालिका नबनाएपछि प्राधिरकणले आइतबार नेपाल वायुसेवा निगमको दिल्लीमा हुने उडान रोकिदिएको छ ।

सूचना अधिकारी भुलका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सबाहेक एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजले पनि दैनिक तीनभन्दा बढी उडान त्रिुभवन विमानस्थलबाट गर्छन् । तर, उनीहरुलाई भैरहवमा उडान सार्ने म्याद १५ डिसेम्बर २०२२ सम्म दिइएको छ ।

यसअनुसार सो दिनसम्म तीन विदेशी एयरलाइन्सले त्रिभुवन विमानस्थलबाटै नियमित उडान गर्न सक्नेछन् । सो मितिसम्म पनि उनीहरुले भैरहवा विमानस्थलबाट तोकिएअनुसार भैरहवा विमानस्थलबाट उडान नगरे उडान रोकिने भुलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.