क्रिकेटखेल

एकदिवसीय विश्वकपमा भारतको लगातार छैटौं जित, इङ्ल्यान्ड १०० रनले पराजित 

घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकपमा लगातार छैटौं जित निकालेको छ । सोमबार भएको खेलमा साबिक विजेता इङ्ल्यान्डलाई १ सय रनले पराजित गर्दै भारतले प्रतियोगितामा लगातार छैटौं जित निकालेको हो ।

भारतको लगातार छैटौं जित

लखनउस्थित एकान क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले १ सय १ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८७ रनको योगदान गरे भने  सूर्यकुमार यादवले ४९ रन बनाए । त्यस्तै केएल राहुल ३९ र जसप्रित बुमराहले १६ रन जोडे ।

इङ्ल्यान्डका लागि डेविड विलीले तीन, क्रिस वोक्स र आदिल राशिदले समान दुई तथा मार्क उडले एक विकेट लिए । भारतले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४.५ ओभरमा १ सय २९ रनमै समेटियो । इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोले २७ रन बनाए भने डेविड विलीले १६ रनमा अविजित रहे ।यस्तै  डेविड मलानले १६, मोइन अलीले १५, जोनी बेरिस्टोले १४ र आदिल राशिदले १३ रन जोडे ।

भारतका लागि मोहम्मद शामीले चार, जसप्रित बुमराहले तीन, कुलदिप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिए । भारतले विश्वकपमा २० वर्षपछि इङ्ल्यान्डलाई हराएको हो । जितसँगै भारत ६ खेलमा १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा दुई अंक जोडेको इङ्ल्यान्ड तालिकाको पुछारमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.