राजनीति

“संक्रमणकालीन न्याय संक्रमणकालीन अन्याय हुनहुन्न”

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाका बाँकी काम प्रधानमन्त्रीकै कारण टुंग्याउन ढिलो भएको आरोप लगाउनुभएको छ ।

आइतबार नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससंगको भेटवार्तामा उहाँले सो कुरा बताउनुभएको हो ।

भेटमा अध्यक्ष ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन नहुने बताउँदै पीडितहरुलाई ध्यानमा राखेर छिट्टोभन्दा छिटो टुंग्याउनुपर्नेमा हिंसालाई बढवा दिने खालको महिमा मण्डन गर्ने प्रधानमन्त्रीको क्रियाकलापले असहज जस्तो भएको बताउनुभयो ।

अध्यक्ष ओलीले वर्तमान प्रधानमन्त्रीज्यू, जो हिजो बिद्रोही नेता हुनुहुन्थ्यो, उहाँले नै यो सबै विषय टुंग्याउन भूमिका खेल्नुपर्नेमा युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा सेलिब्रेसन गर्ने जस्ता कामले यसले पीडितहरु चिन्तामा रहेको पनि बताउनुभयो ।

भेटमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोगेको पीडा नजिकबाट हेर्ने र यसलाई एझेण्डा बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताउँदै नेपालको शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगियोस् भन्ने आफूले चाहेको बताउनुभएको थियो ।

महासचिव गुटेरेसको धारणा सुनेपछि अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंगोमा नपुग्नुका जटिलता खुलाउँदै उपरोक्त धारणा राख्नुभएको हो ।

भेटमा अध्यक्ष ओलीले गम्भीर अपराधमा आममाफी नहुने र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने एमालेको चाहना रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.