राजनीति

संघीय सरकारलाई प्रदेश सरकारले सर्वोच्चमा मुद्दा हाल्यो

मुलुकको विकासमा एकात्मक शासन प्रणाली बाधक रहेको भन्दै संघीय शासन प्रणालीमा गएको नेपालमा संघीयताको अभ्यास भने अझै पनि प्रभावककारी रुपमा हुन सकेको छैन ।

संघीय सरकार प्रदेश र स्थानीय तहलाई आफू मातहत नै राख्ने गरी कानुनहरु बनाउन थालेपछि प्रदेश सरकार संघीय सरकारबिरुद्ध सर्वोच्चमा पुगेको छ ।

वाग्मती प्रदेश सरकार शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेको हो ।

संघीय संसदबाट पारित भएको उक्त ऐनमा काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन गर्ने निकाय शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण संघीय सरकार अन्तर्गत राख्ने व्यवस्था छ ।

संविधानमा नै यातायात व्यवस्थासम्बन्धी अधिकार प्रदेश सरकारलाई रहेकाले उक्त प्राधिकरण आफू मातहत हुनुपर्ने वाग्मती सरकारको दाबी छ ।

वाग्मती प्रदश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गराउनुभएको हो ।

रिटमा संघीय संसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण, काठमाडौं र यसका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीलाई विपक्षी बनाइएको छ ।

संविधानसँग बाझिएका ऐन खारेजीको माग राखेर दिएका निवेदनहरु सोझै संवैधानिक इजलासमा सुनुवाइ हुने व्यवस्था छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा रहेकाले दर्ता भएको रिट निवेदनको पेशी तोकिएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.