जन सरोकार

गोकर्णेश्वरमा रेडक्रस स्थापना गर्ने पहल गर्दै रक्तदान

काठमाडौंको पूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र स्थापना योजनाका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

ठूला स्वास्थ्य निकाय रहेको भए पनि स्थानीयबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत सजिलै उपलब्ध हुन नसक्दा समस्या भोग्नु परिरहेकाले यसको पहल स्वरुप आइतबार रक्तदान गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं .४ मा रहेको राष्ट्रिय शहीद पार्कको कार्यालयमा भएको रक्तदानमा चाडपर्वको बीचमा पनि ३२ जना दाताले रगत दिएका थिए ।

कार्यक्रममा रक्तदाताहरुलाई गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर तथा काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्तोष चालिसे, गोनपा वडा नं. ४ का अध्यक्ष जयराम महत, वडा नं. का अध्यक्ष राजिब थापा लगायतका अग्रज व्यक्तित्वहरुले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

रक्तदान सम्पन्नपछि कार्यक्रम संयोजक सन्तोष भण्डारीले यस नगरपालिकामा रेडक्रस स्थापना गर्ने आफ्नो उद्देश्य रहेको र यसको सुरुवात रक्तदानबाट गरिएको र पहिलो चरणमै सफलता प्राप्त गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.