कला/मनोरन्जनकलिउड

‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’मा चलचित्र ‘हल्कारा’ छनोट

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र ‘हल्कारा’ अमेरिकामा ‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’को नवौँ संस्करणमा छनोट भएको छ ।

कात्तिक २२ देखि मङ्सिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने महोत्सव अन्तर्गत प्रतिस्पर्धात्मक खण्डमा छनोट भएको निर्देशक विक्रम सापकोटाले जानकारी दिनुभयो ।

“हाम्रो चलचित्र अवार्डमा छनोट भएको जानकारी दिन पाउँदा उत्साहित छौँ । दुई प्रदर्शनी तय गरिएको छ । हाम्रो मौलिक कथालाई अन्तर्राष्ट्रिय महोत्सवमा प्राप्त प्रतिक्रियाले उत्साहित छौँ”, निर्देशक सापकोटाले भन्नुभयो ।

चलचित्रमा हल्कारा (हुलाकी) मार्फत वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, दीपक क्षेत्री लगायतले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.