क्रिकेटखेल

ट्वान्टी-२० विश्वकप एसिया छनोट : मलेसियालाई पराजित गर्दै लगातार दोस्रो जितको योजनामा नेपाल 

आइसिसी ट्वान्टी -२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियासँग सामान गर्दैछ । आज (मंगलबार) समूह ‘ए’ अन्तर्गतको खेलमा घरेलु टोली नेपालले मलेसियाको सामना गर्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ बजे सरु हुनेछ । नेपाल आज मलेसियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पर्ने योजनामा छ । उता मलेसिया पनि घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगतामा पहिलो जित हासिल गर्ने योजनाका साथ मैदान उत्रदै छ ।

नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो भने मलेसिया हिजो भएको पहिलो खेलमा ओमानसँग ३२ रनले हारेको थियो । त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहिँ कार्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

आज मलेसियासँग दोस्रो खेल्न लागेको नेपालले तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्नेछ । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.