खेलफूटबलबिशेष

नेपाललाई पराजित गर्दै बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

साफ महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेतामा सीमित भएको छ । बुधबार सम्पन्न भएको खेलमा बंगलादेशसंग २-१ ले पराजित हुँदै नेपालको च्याम्पियन बन्ने सपना सपनामै सिमित भएको हो ।

महिला च्याम्पियनसिप

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकोनिकै प्रतिस्पधात्मक खेलमा बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्मा समान १-१ गोल गरे भने नेपालको लागि अमिशा कार्कीले एक गोल गरिन्।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ५२औं मिनेटमा मोनिकाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिइन् । तर, खेलको ५५औं मिनेटमा नेपालकी युवा स्ट्राइकर अमिशा कार्कीले उत्कृष्ट गोल गर्दै नेपाललाई बराबरीमा ल्याउदै खेलमा फर्काइन्।

त्यसपछि खेलको ८०औं मिनेटमा बंगलादेशकी ऋतु पोर्ना चक्माले बायाँ विंगबाट दिएको क्रसमा गोलरक्षक एन्जिलाले बचाउन नसक्दा बल सिधै गोलमा परिणत भयो। जुन बंगलादेशको लागि च्याम्पियन बनाउन पर्याप्त रह्यो ।

यस जितसँगै बंगलादेशले साफ महिला च्याम्पियनसिपको लगातार दोस्रो उपाधि जित्न सफल भएको छ । २०२२ मा पनि बंगलादेशले नेपाललाई नै पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो ।

सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो ।

सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो ।

सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बंगलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो ।

सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । त्यसैगरी सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचौं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो ।

यस प्रतियोगितामा नेपालले भारत र बंगलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो ।

बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.