अमेरिकी राजदूत राजनीतिक भेटघाटमा व्यस्त
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसन राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ । भेटकै क्रममा उहाँले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग मंगलबार विहान भेट गर्नुभयो ।
यसबीच उहाँले प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालय जङ्गीअड्डामा भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसअघि राजदूत थोम्पसनले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्