आम निर्वाचन २०७९

डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

निर्वाचन आयोगले लाभको पदमा बसेर उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेज गरेपछि यसबिरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा अदालतले डा. कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको हो ।

नेपाल स्वतन्त्र पार्टी बाट उम्मेदवारी दिनुभएकी डा. कार्कीलाई नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।

त्यसविरुद्ध सर्वोच्च पुग्नुभएकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.