जन सरोकार

गोली हानेर समातियो लागूऔषध कारोबारमा संलग्न भारतीय नागरिक

प्रहरीले लागूऔषधि कारोबारमा संलग्न एक भारतीयलाई पक्राउ गर्न गोली प्रहार गरेको छ । बुधबार काठमाडौंको गोठाटारमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको हो ।

करिमको दाहिने तीघ्रामा गोली लागेको छ । उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेका छन् ।

यसअघि २८ जेठमा पनि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.