जन सरोकार

महिला प्रहरीमाथि बलात्कारको प्रयास गर्ने इन्स्पेक्टर थुनामा

गत असोजमा आफ्नै सहकर्मी महिला प्रहरीमाथि बलात्कारको प्रयास गर्ने धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन प्रहरी निरीक्षक (इन्सपेक्टर) अपूर्व ढुंगानालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

मंगलबार जिल्ला अदालत धादिङले महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई पुर्पक्षको लागि थुनामा पठाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामबहादुर खत्रीका अनुसार ढुंगानाविरूद्धको अनुसन्धान सकेपछि सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दर्ता गरेको र मुद्दा दर्ता भएसँगै मंगलबार बसेको इजलाशले उनलाई थुनामा पठाएको हो ।

गत असोज १६ गते बिहान १ बजेतिर इन्स्पेक्टर अपूर्वले खानीखोलाकै ब्यारेकभित्र महिला प्रहरीमाथि बलात्कारको प्रयास गरेको आरोप छ । पीडित महिला प्रहरीले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको थियो ।

उनी घटनापछि काठमाडौंमा आइपुगेका थिए। तर उनलाई धादिङ फिर्ता बोलाएर पक्राउ गरेको थियो । उनीविरूद्ध प्रहरीले जाहेरी, सिसिटिभी फुटेज, बयान लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.