क्रिकेटखेल

ट्वान्टी -२० विश्वकप एसिया छनोटमा नेपाल र ओमान भिड्दै 

आइसिसी ट्वान्टी -२० विश्वकप एसिया छनोटमा नेपालले ओमानसँग सामान गर्दैछ । आज (बिहीबार) समूह ‘ए’ अन्तर्गतको लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपालले ओमानको सामना गर्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सरु हुनेछ । नेपाल आज ओमानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै समूह विजेता बन्दै सेमिफाइनल पुग्ने  योजनामा छ । उता ओमान पनि घरेलु टोलीलाई पराजित गर्दै समूह विजेता बन्दै अन्तिम चारमा पुग्ने योजनाका साथ मैदान उत्रदै छ ।

नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई आठ विकेटले र दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो । दुई खेलबाट समान दुई अंक भएपनि ओमान नेटरनरेटमा शीर्षस्थानमा छ भने समान खेलमा चार नाका जोडेको नेपाल दोस्रो स्थानमा रह्यो । यी दुई टिमले एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहिँ कार्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.