क्रिकेटखेल

टि-२० विश्वकप एसिया छनोट : ओमानद्वारा नेपाल सामू जितको लागि १४६ रनको लक्ष्य 

काठमाडौँमा जारी आइसिसी टि-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत समूह चरणको खेलमा ओमानले नेपाललाई जितको लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको हो । ओमानको लागि कप्तान जेशन मक्सुदले ३२ रन बनाए भने नसीम खुशीले २५ रन जोड्दा प्रतिक अथाभालेले २४ रन बनाए । त्यस्तै शकिल अहमद २२ रनमा अविजित रहँदा आयन खानले १८ रन जोडे ।

नेपालको लागि करण केसीले ३ विकेट लिए भने  सन्दीप लामिछाने र सोम्पल कामी समान २-२ विकेट लिँदा अभिनाश बोहोरा र गुलसन झाको भागमा समान १-१ विकेट रह्यो ।

यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.