क्रिकेटखेल

हङकङ सिक्सेस : नेपालको लगातार दोस्रो जित, अस्ट्रेलिया ११ रनले पराजित

हङकङमा जारी २०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार बिहान भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

हङकङ सिक्सेस

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए भने त्यस्तै लोकेश बमले ३३ रन बनाए ।

त्यस्तै विवेक यादवले १२ रन बनाई और भए भने रसिद खानले १२ रन जोडे । अस्ट्रेलियाका लागि ज्याक उडले २ विकेट लिए । नेपालले दिएको ११२ रनको लक्ष्य लिएर मैदान उत्रेको अस्ट्रेलियाले ६ ओभरमा पांच विकेट गुमाउँदै १०० रन मात्र बनायो । अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन बनाए भने एलेक्स रोसले १४ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन ।

नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिएभने लोकेश बमले एक विकेट लिए । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग खेल्दैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.