युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति छ : कार्की
कास्की क्षेत्र न २ (१) का लागि नेकपा (एमाले)का तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार भीमबहादुर कार्की मतदाताहरुमाझ कृषि र पर्यटनको विकासबाट युवाहरुलाई स्वदेशमै रोजगारी दिन आफू र आफ्नो पार्टी प्रतिबद्धता रहेको बताउनुभएको छ ।
आफ्नो चुनावी प्रचार प्रसारको अभियानमाा रहनुभएका कार्की मतदाताहरुमाझ विकास बुझाउँदै र आफ्नो रर पार्टीको योजना सुनाउँदै सो एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका विकास बुझाउँदै तथा आफू र आफ्नो पार्टीले अघि सारेका विकासका योजना सुनाउँदै मत माग्न व्यस्त हुनुहुन्छ ।
निर्वाचन क्षेत्रमा कास्कीको दक्षिणी भेगमा पर्ने पोखरा महानगरका दुई वडा २१ र ३३ का जनतासंग निरन्तर भेटघाटमा रहनुभएका कार्कीले जनतालाई उक्त क्षेत्र पर्यटकीय क्षेत्र घोषणा भएको र अब पूर्वाधारका काम पूर्ण हुँदै जाने बताउनुभएको छ ।
उक्त ठाउँमा बनेका पूल, बाटो, खानेपानी सबै काम एमाले नेतृत्वका स्थानीय, प्रदेश र केन्द्र सरकारको पहलमा भएको दावी कार्कीको रहेको छ ।
उहाँ आफ्नो र पार्टीको योजनामा आफ्नो क्षेत्र कृषिमा व्यावसायिकता सो अपार सम्भावना रहेकाले आधुनिक ढंगबाट विकास गरी युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति रहेको पनि बताउनुभयो ।
केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगमा केन्द्रिय सदस्य तथा प्रवक्ताका रूपमा काम गरिसक्नुभएका कार्की भूमिहीन जनताका समस्या सधैंका लागि हल गर्ने प्रतिबद्धता जनाउँदै आउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्