बेलायतमा महाकवि देवकोटा जयन्ती मनाइयो
बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ११३औं महाकवि देवकोटा जयन्ती प्रवचन, कविता वाचन, गीतसङ्गीत प्रस्तुति र पुस्तक विमोचन लगायतका कार्यक्रमहरूकासाथ भव्यरूपमा मनाइएको छ ।
बेलायत, नेपाल र भारत, यूएईमा रहेका साहित्यकार, कवि, कलाकार, गायक, पत्रकार र साहित्यप्रेमी लगायतका सर्जकहरूको उत्साहवद्र्धक सहभागिता रहेको भर्चुअल साहित्यिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि यति संस्थाका पूर्व अध्यक्ष तथा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार डा. राघव प्रसाद धिताल ओबिईले गर्नुभएको थियो ।
उद्घाटन गर्दै उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका अमूल्य निधिका साथै नेपाली भाषा साहित्यलाई शिखरमा पुर्याउनुका साथै शिक्षा मन्त्री समेत भएर अन्तराष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएको बताउनुभयो ।
समारोहमा प्रमुख अतिथि डा. धितालले परिषद्की सहमहासचिव डा. सङ्गीता श्रेष्ठ’स्वेच्छा’ द्वारा सम्पादित सहित्य र चित्रकलाको सङ्ग्रह द हिमालयन सनराइज पुस्तकको विमोचन गर्नुहुँदै लेखक सङ्गीता स्वेच्छाले नेपाली साहित्य र चित्रकलालाई अंग्रेजी भाषामा सङ्ग्रहित गरी पुस्तक प्रकाशन गरेर नेपाली सिर्जनालाई अन्य भाषीहरूबीच पुर्याउने अत्यन्त सराहनीय कार्य गरेको बताउनुभयो ।
समारोहमा विशिष्ट अतिथि परिषदका नेपाल चाप्टरका प्रमुख सल्लाहकार संयोजक वरिष्ठ कवि गोपाल पराजुलीले महाकवि देवकोटा बेलायतका सेक्सपियर्स र मिल्टन लगायतका विश्वका अतिविशिष्ट सिमितसाहित्यकारहरू मध्य एक थिए भन्नुभयो ।
त्यस्तै विशिष्ट अतिथि परिषद्को नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराईले महाकविको विस्तृत जीवनी प्रस्तुत गर्नुहुँदै देवकोटाले नेपाली साहित्यलाई खँदिलो र उच्च स्तरको बनाएको चर्चा गर्नुभयो ।
परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले महाकवि देवकोटाका कारणले नेपाल विश्व साहित्य क्षेत्रमा तुलनात्मकरूपमा अरू ठूला देशहरूमाझ गनिने गरेको बताउनुभयो ।
त्यस्तै उहाँलेअङ्ग्रेजी भाषामा हिमालयन सन राइज़ पुस्तक प्रकाशन गरेर साहित्यकार डा सङ्गीतास्वेच्छाले नेपाली साहित्यलाई अन्तराष्ट्रीय क्षेत्रमा फैलाउने सरहानीय काम गरेकी छन् भन्नुभयो ।
सभापतिको आसनबाट परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापना काल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटाजयन्ती लगायतका साहित्यिक गतिविधिहरू तिब्रगतिले अगाडि बढाउँदै आएको जानकारी दिनुभयो ।
यस अघि स्वागत मन्तव्य राख्नु हुँदै परिषद्का सहअध्यक्ष कवि रेशम अर्यालले बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गर्नुहुँदै नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानबारे प्रकाश पार्नु भयो ।
समारोहमा विमोचित पुस्तकको समिक्षा गर्नु हुँदैन समिक्षक कवि हेमन्त विश्वकर्माले पुस्तककी सम्पादक डा. सङ्गीता सवेच्छाले पुस्तकमा कविता, अन्तर्वार्ता, मन्तव्य, लेखरचना र तित्रकलाहरू समिस्रण गरेर रोचक रअध्यनमूलक एउटा भिन्नै नौलो प्रयोग गरेको टिप्पणी गर्नुभयो ।
यसै गरी समारोहमा विमोचित पुस्तककी सम्पादक परिषद्की सहमहासचिव डा। सङ्गीता स्वेच्छा ले पुस्तकबारे आफ्नो मन्तव्य राख्दै भिन्नभिन्न भाषामा सञ्चालन हुने एउटा अन्तराष्ट्रिय कार्यक्रमको संयोजन गर्ने अवसर आफूले पाएकीले यो पुस्तकको जन्म भएको बताउनुभयो ।
समारोहको आरम्भ गर्नुहुँदै परिषद्का महासचिव वीरेन्द्र कुँवरले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेणा र उर्जा मिल्ने गरेको चर्चागर्नु भएको थियो ।
यस लगतै कार्यक्रम् सञ्चालन गर्नुहँदै परिषद्का प्रमुख उद्घोषक यती संस्थाका सामाजिक सचिव तथा रोयल बरो अफ ग्रीनवीच नेप्लिज कम्युनिटी युके का अध्यक्ष जीत रानाभाटले महाकविका कविताहरू वाचन गर्नुकासाथै देवकोटाका योगदान बारे प्रकाश पार्नु भएको थियो ।
समारोहमा कोल्कोता भारतबाट जानकी माता धार्मिक संघकी सांस्कृतिक सचिव कलाकार गायिका सन्तोषीसिंहले राष्ट्रीय भावका नेपाली गीतहरू कार्यक्रमको बीच बीचमा गाएर सहभागीहरूलाई मन्त्रमुग्ध बनाउनुभएको थियो ।
त्यसै गरी परिषद्का पूर्व अध्यक्ष कवि हरिसिंह थापा र उपाध्यक्ष वसन्त राय क्षेत्रीलेआआफ्ना रचनाका गीतहरू गाउनु भएको थियो । यसैगरी परिषद्का कोषाध्यक्ष कवि कलाकार मनोज अन्जानले सारङ्गीबाट मङ्गल धुनहरू प्रस्तुत गर्नु भएको थियो ।
समारोहमा कविता वाचन तर्फ भाग लिने कवि कवयित्रीहरूमा नेपालबाट वरिष्ठ कवि गोपाल पराजुली, ललिता दोषी, गंगा लिगल, कृष्ण अर्याल, हेम विश्वकर्मा डा।रेणुका थापा र राजेशजङ्ग शाह हुनुहुन्थ्यो भने यूएईबाट डा. गोपाल पौडेल हुनुहुन्थ्यो । यसै गरी बेलायतबाट वसन्त राय क्षेत्री, घनबहादुर थापा मगर, हिन्दमैञावैद्य, रेशम अर्याल, मञ्जु भण्डारी, जीत रानाभाट, मोहन आचार्य ‘जलद’, वीरेन्द्र कुँवर, मनोज अन्जान, वासु शर्मा, हरि सिंह थापा, कोमल प्रसाद श्रेष्ठ मल्ल र सुरेश जङ्ग शाह हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्