जन सरोकार

सन्दीपलाई जेल चलान गराउन अदालतको आदेश

नावालिकलाई जवर्जस्ती करणी गरेको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बिन कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

शुक्रबार सन्दीपको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश घिमिरेले सन्दीपलाई केन्द्रीय कारागार जगन्नथादेवल पठाएको छ ।

सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.