राजनीति
हरसम्भव सहयोग गर्न भारत तयार : प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राति जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्द हरसम्भव सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री मोदीले भूकम्पमा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।
सामाजिक सञ्जालमार्फत एक सन्देश दिंदै मोदीले भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको र हरसम्भव सहयोग गर्ने तयार रहेको बताउनुभएको छ ।
जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६।४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्