जन सरोकार

भारतमा ट्रकको ठक्करबाट सुर्खेतका एकै परिवारका पाँचजनाको मृत्यु

भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँचजनाको ट्रकले ठक्कर दिँदा मृत्युु भएको छ । कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा एउटै परिवारका पाँचजना नेपालीको मृत्यु भएको हो ।

मृत अवस्थामा ४ जना फेला

मृत्यु हुनेमा सुर्खेत चौकुने–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उहाँकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उहाँका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाध्यक्ष धनिराम धमलाले बताउनुभयो ।

मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराई रहनुभएको र बिरामी दाइलाई भेट्न उनीहरु फर्किने बेलामा ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिनुभयो ।

मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारत गएका थिए । चौकुने घरमा बुढा बुबाआमा मात्रै रहेको जनाइएको छ ।

बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताउनुभयो । घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उदृत गर्दै वडाध्यक्ष धमलाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.