राजनीति

नेपाल आएको पहिलो दिन भारतीय स्थलसेनाध्यक्ष नरवणे वसन्तपुर र पशुपतिक्षेत्रमा


नेपालमा भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले काठमाडौं आएलगत्तै बुधबार पशुपतिनाथको दर्शन गर्नुका साथै वसन्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि आउनुभएका भारतीय सेनाध्यक्ष नरवणेका साथ उहाँकी धर्मपत्नी विना पनि हुनुहुन्छ ।
उहाँले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गर्नुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
भारतीय सेनाध्यक्ष नरवणेले बुधबार साँझ पशुपति क्षेत्र गई कोभिड –१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गर्नुभयो ।
नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.