क्रिकेटखेल

आइसिसी विश्वकप लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल रद्द

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल रद्द भएको छ । आधिहुरीको चेतावनी र वर्षाको कारण खेल रद्द गरिएको हो ।

विश्वकप लिग–२

अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पहिला ब्याटिङ गरेको नेपालले छ ओभरको खेलमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि पुनः भएको वर्षाका कारण खेल रोकिएपछि खेल रद्द भएको हो ।

नेपालका अनिल शाह १० रन बनाएर बउट भएका थिए । आसिफ शेख ९ रनमा नटआउट थिए । खेल रद्द भएसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन् । यस सिरिजमा नेपालले चार खेलमा तीन अंक जोडेको छ ।

यस सिरिजमा नेपाल घरेलु टोली अमेरिकासँगै दुबै खेलमा पराजित भएको थियो भने स्कटल्यान्डमाथि जित हात पार्दै तीन अंक लिन सफल भएको थियो । नेपाल १२ खेलमा ६ अंक जोड्दै पूछारबाट दोस्रो स्थानमा छ भने १४ अंकसहित स्कटल्यान्ड तेस्रो स्थानमा छ ।

यता १२ खेलबाट १६ अंक जोडेको अमेरिका पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.