अर्थ
अचम्मै भयो, दुई हजार आठ सयले घट्यो सुनको भाउ
तिहार अघिसम्म दैनिक हजारभन्दा बढीका दरले बढिरहेको सुनको मूल्य तिहार सकिएर बजार खुलेसंगै अचम्मैसंग घटेको छ । सधै मूल्य उकालो लागिरहेको स्थानीय बजारमा आज मंगलबार भने सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ । यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ ।
महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्