राजनीति

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह

भारत भ्रमणमा रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न भारत सरकारसंग आग्रह गर्नुभएको छ ।

मंगलबार मन्त्री खड्काले त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा गर्नुभएको भेटवार्ताका क्रममा सो आग्रह गर्नुभएको हो ।

भेटमा उहाँहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने, टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञताज्ञापन गर्नुभएको थियो ।

प्रत्युत्तरमा मन्त्री पाटिलले पञ्चेश्वरको डिपिआरलाई शीघ्र बनाउन सकारात्मक जवाफ दिनुभएको थियो । भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.