जापान

सम्भावित क्षेप्यास्त्र आक्रमणबाट बच्न टोकियोमा पहिलो अभ्यास

जापानको राजधानी टोकियोमा सम्भावित क्षेप्यास्त्र आक्रमणको प्रभावबाट कसरी बच्ने भन्ने विषयमा स्थलगत अभ्यास गराइएको छ ।

टोकियो महानगर सरकारले आयोजना गरेको अभ्यासमा प्रहरी तथा अन्य सरकारी अधिकारीहरुले सहभागीहरुलाई भर्याङ मुनी बेसमेन्ट, टिकट काउण्टर सम्म पुर्याउन मद्दत गरेका थिए ।

सरकारले क्षेप्यास्त्र हमलाबाट हुनसक्ने क्षति कम गर्ने उद्देश्यले चारहजार २ सय ५८ स्थानमा अस्थायी शरणस्थलका रुपमा चयन गरेको थियो । यी स्थानहरुमा सार्वजनिक सुविधा र भूमिगत संरचनाहरु छन् ।

नोभेम्बर ६ सोमबार टोकियोको तीन स्थान, तोएइ सबवे नेरिमा स्टेशन र हेइसेइ त्सुत्सुजि उद्यानमा आयोजित अभ्यासमा लगभग ६० जनाले भाग लिएका थिए ।

अभ्यासका क्रममा जब सरकारले सचेत रहने चेतावनी संयन्त्रबाट क्षेप्यास्त्र आक्रमणको सूचना जारी भयो तब सहभाीहरुले आफू बसेको स्थान खाली गर्न सुरु गरेका थिए ।

प्रहरी अधिकारी र अन्य सहभागीहरुले कार्यस्थलबाट सुरक्षित स्थानसम्म जाने र आफूलाई बचाउन टाउको झुकाएर बसेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.