जन सरोकार

प्रा डा पाठकको ८१ वर्षको उमेरमा निधन

विश्वविद्यालय अनुदान आयोगका सदस्य एवं आणविक रसायनविद् प्रा डा तुलसीप्रसाद पाठकको ८१ वर्षको उमेरमा निधन भएको छ ।

उहाँका मित्र प्रा डा उपेन्द्र कोइरालाले दिनुभएको जानकारीअनुसार सोमबार बेलुका १०ः१५ राजधानीको ॐ हस्पिटलमा उहाँको निधन भएको हो । उहाँमा लामो समयदेखि छातीको समस्या तथा निमोनियाका साथै पछिल्लो समय दुवै मिर्गाैलाले काम गर्न छोडेको थियो ।

विसं २००० को भाइटीकाका दिन जन्मनुभएका उहाँ विगतमा त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान अनुसन्धान केन्द्र (रिकास्ट) को प्रमुखसमेत रहनुभएका थियो भने पछिल्लो समय उहाँ विज्ञान सङ्कायको डिन छनोट समितिको संयोजकसमेत हुनुहुन्थ्यो ।

हाल अस्ट्रेलियामा रहेका दुई छोरा स्वदेश फर्केपछि प्रा डा पाठकको दाहसंस्कार हुने जानकारी प्राप्त भएको डा कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.