रवि लामिछानेलाई प्रतिशोधका आधारमा हिरासतमा राखिएको छ : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई प्रतिशोधका आधारमा हिरासतमा राखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका कार्यवहाक प्रवक्ता मनीष झाले आज विज्ञप्ति जारी गरी रास्वपाले संसदीय छानबिन विशेष समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको कुनै संलग्नता नरहेको दाबी गर्दै हिरासत मुक्त गर्न माग गर्नुभएको छ ।
त्यस्तै रास्वपाले सभापतिलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरेको दाबी गर्दै पोखरामा मंगलबार भएको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको पनि भर्त्सना गरेको छ ।
संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको रास्वपाको जिकिर छ ।
साथै, रास्वपाले आन्दोलनको समाचार सङ्कलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरीद्वारा गरिएको हातपात र क्यामरा लगायतका सञ्चार सामग्री तोडफोडसमेत गरिएको कार्यको घोर निन्दा गरेको छ ।
त्यस्तै आज (बुधबार) अपरान्ह ४ बजे मानवअधिकार चोक, पोखरा लगायत देशका विभिन्न जिल्लाहरूमा विरोध कार्यक्रम यथावत् रहने रास्वपाले जनाएको छ ।
यस्तो छ विज्ञप्ति :
प्रतिक्रिया राख्नुहोस्