राजनीति
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख
मंगलबारदेखि अस्वस्थ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको पनि सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मंगलबारदेखि अत्यावश्यक बाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्