सगरमाथामा भेटियो हिउँ चितुवा (फोटोहरुसहित)
विश्वको सर्वोच्च शिखर सगरमाथामा हिउँचितुवा भेटिएको छ । सगरमाथाको ५ हजार मिटरभन्दा माथी अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले हिउँ चितुवाको तस्वीर खिच्नुभएको हो ।
काठमाडौंस्थित अमेरिकी दूताबासले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो कुराको जानकारी दिंदै लेखेको छ( एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गर्नुभएको छ ।
वन तथा वातावरण संरक्षणका क्षेत्रमा कार्यरत फोटोग्राफर कितियाले ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको आफ्नो आधिकारिक पेजमा उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ ‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो। तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेँ ।
प्रतिक्रिया राख्नुहोस्